Sunday, August 28, 2016

लुते मास्टर

बेला बेलामा बिभिन्न थरिका मास्टरको चेला बनेर फेला परेको छु म आफैं । बिद्यार्थीले स्कुलमा नयाँ आउने मास्टरलाई नयाँ नाम राख्ने चलन हामी बिद्यार्थीमा थियो नै त्यसैले एक बर्ष अर्को स्कुलबाट सरुवा भएर गाउँको स्कुलमा पढाउन आएका  यौटा मास्टरलाई हामी लुते मास्टर भन्थ्यौं । हुन त उनी हात्ती झैं ठूलो ज्यानका थिए । भुईँमा डबल पैसा खस्दा दुई मिनेट लगाएर मेसो मिलाउँदै उनी बसेर पैसा टिप्थे । अझ एक दिन त स्वास्थ्य बिषयको पढाई पढाउँदा धुम्रपान, मध्यपान बिरुद्दको पाठ उन्ले नै पढाएको बेला चुरोटको धुँवाबाट कसरी बच्ने भनेर रुमालको प्रयोग गराउन सिकाउँदा गोजीबाट रुमाल झिक्दै गर्दा फुत्त सुर्ति खसेपछि छिटो छिटो आफ्नो वर्वादी हुन बाट जोगिन उन्ले टुसुक्क भुईमा बस्न छिटोमा १ मिनेट लगाएर भुईमा बस्दा फ्याट्ट पाईन्ट च्यातिएर ति मास्टरको लगौंटी नै देखिएको थियो तर पनि हामी उन्को भिमकाय शरिर हुँदा हुँदै पनि लुते मास्टर भन्थ्यौं तपाई यो कुरा थाहा नहुन सक्छ ।
ती मास्टरको पढाउने शैली नै अलिक फरक खालको थियो । गजधम्म परेका उनी कक्षाकोठामा आएपछि गजक्क परेर कुर्सीमा बस्थे । चिप्रा लागेका आँखा किताबका पानमा पल्टाउँदै हामीलाई भन्थे — ए केटा केटी हो, पाठ कहाँ पुग्या’छ , लो भन त ...। हामीले उन्लाई पाठ कहाँ पुगेको छ भन्ने सम्झाईदिएपछि उनी खुरुखुरु हाई काडी काडी पढाउँथे । एकदिन त उनी पढाउँदा पढाउँदै निदाएका थिए तर त्यसैबेला हेडमास्टर ढोकामा आएर उभिदिँदा ती लुते मास्टर झस्केर उठ्दा भित्तोमा ठोकिन पुगेकोले टाउकोमा बडेमानको टुटिलो पुटुक्क बनेको थियो ।
अरु मास्टरले त स्कुलको ड्रेस लगाउँथे । चटक्क परेर कोट पाईन्टमा स्कुल आउँथे तर उन्को लुगा यौटै हुन्थ्यो । दिनहुँ यौटै कपडामा आउने उन्का कपडाको बखान गरि खानु थिएन । रामेले भन्थ्यो — हेर्न यार यि बुढाको सर्ट त हाम्रो घरको भैंसिको आचि गर्ने ठाउँ जस्तै गरी चाउरिएको छ । पाइन्ट पनि त्यस्तै छ ।
ती मास्टरलाई लुते मास्टर भन्नुको कहानी भने अर्कै छ, एक दिन उनी सदाझैं कक्षाकोठामा आएर अगाडीको कोठामा गजक्क परेर बसेपछि उन्ले कहाँ पुगेको छ पाठ भनेर सोधि हाले । एक जना बिद्यार्थीले भन्यो — सर पेज नं २९ मा । उन्ले सबैलाई सोही पेज पल्टाउन भने । त्यहाँ शिर्षकमा लेखिएको थियो — लु । उन्ले जब यो देखे हामी सबैलाई यो लु हैन छपाईमा गल्ती भएको हो सबै बिद्यार्थीलाई लुतो हो, लुतो भएको भनेर सच्याउन लगाए । हामीले सच्याई सकेपछि उन्ले किताब बन्द गरेर लुतो रोगका कारण, असर, यसबाट जोगिन के गर्ने आदि इत्यादीको बेली बिस्तार लगाए । एक जना बिद्यार्थीलाई अझ लुतोको बारेमा के के बुझ्यौ भनेर उन्ले सोधे । उन्ले अर्को पिरियडको घण्टी लागेपछि किताबै नहेरी सोही पाठको प्रश्न नं १ र २ गरेर ल्याउनु भनेर गृहकार्य दिए । जब हामी  घर पुग्यौं , दिउँसोको पढाई र गृहकार्यको कुनै सम्बन्ध भेटेनौं अनि पाठ पढ्दै जाँदा थाहा लाग्यो त्यो पाठको शिर्षक ‘लु’ नै रहेछ । तराईमा गर्मीमा हुने यौटा समस्याको बारेमा त्यो पाठ रहेछ । बिना तयारी ति मास्टरले हामीलाई लुतोको बारेमा पठाएपछि उन्लाई हामीले लुते मास्टरको संज्ञा दियौं । आजभोली उन्ले मेरै छोरालाई पढाउँछन् अनि शसंकित हुन्छु अनि सोच्छु — कतै यिन्ले लुतो जसरी नै पढाएका त छैनन् यि लुते मास्टरले । जदौ ।

राष्ट्रिय हाहाकारी दिवस

/fli6«o xfxfsf/L lbj;
Zffsfxf/L eg]sf] 3fF; kft vfg], ag:klt vfg] x'g\, df+;fxf/L eg]sf df;' n'5\g]x?nfO{ dfGg ;lsG5 eg] ;a{elIf eGgfn] 3fF; kft, ag:klt / df+;fxf/L b'a} rl/q af]Sg]x?nfO{ elgG5 t/  lba;} lba;n] lajz agfpg] of] d'n'sdf /fli6«o xfxfsf/L lbj; klg Sofn]08/df yKg' kg]{ b]lvPsf] 5 . ;fsfxf/L lbj; t dflg;n] dgfpF5g\ g} t/ p8\g] b]lv u'8\g] ;Ddsf lhj hgfj/nfO{ cfxf/f dfq x}g vfg} gldNg] s'/fnfO{ ldnfP/ vfg yfn] kl5 /fli6«o xfxfsf/L lbj;sf] dxTj a9]/ uPsf] kfO{G5 . hLj hgfj/ , kz' k+lIf, ag:klt / ;a} ;a} vfg] dflg; dfq ge} ;8s, wf/f], k'n,k'n];f], ejg vfg] sfF6fsf dflg;nfO{ xfxfsf/L eg]/ ls6fg g} ug{ ;lsG5 . cem lolgx? xfxfsf/L g} lsgsL lolgx?n] lo s'/f vfP/ /fli6«o hLjgdf xfxfsf/ dRrfO{/x]sf x'G5g\ .
/fli6«o xfxfsf/L lbj; o} lbg dgfO{G5 eg]/ tf]ls/xg' klg cfjZostf 5}g lsgsL vfP/ xfxfsf/ dRrfpg]x? oxfF b}lgs cg]s xts08fsf ;fy lat08f dRrfO{/x]sf x'G5g\ t;y{ /fli6«o xfxfsf/L lbj; aif{sf] #^% lbg} dgfpg plrt dflgG5 lsgsL k/]sf] a]nf dflg;n] vfg kl5 x6\b}g . oxfF kfgL x}g vf]nf] vfg ;lsbf] /x]5 . vf]nf] b}lgs aU5 , vf]nf] b}lgs vfg]x?sf] sf/0f klg of] lbj; aif{ e/ dgfpg dgfl;j xf]nf . oxfF ;8s vfO{G5, slxn] rf}8fO{ vfO{G5 t slxn] nDafO{ vfO{G5 t/ xfxfsf/ dRrfP/ To;}n] xfxfsf/L lbj; dgfpg yk an k'Ug] b]lvG5 .
oxfF clkm; clkm;df xfxfsf/L b]jLsf] k"hf u/]/ /fHosf] sfd rN5 h:tf] dx;'; ;a}n] u/]sf x'G5g\ sf/0f dfnkf]t clkm;sf] lkog klg xfxfsf/L lbj; dgfpg] s'/fdf cuf8L /xG5g\ . ldnfO{ ldnfO{ 98\8f ldnfP/ c8\8fdf k};f vfP/ P];f ug]{x?n] xfxfsf/L lbj;nfO{ b}lgs lbj;sf] ?kdf cuf8L nu]sf] kfO{G5 . l;+rfO{ clkm;n] kfO{k / l;d]G6 vfO{lbg ;S5 , k|flalws clkm;n] klg To:t} ul/lbg ;S5 . k|fs[lts eGbf ck|fs[lts vfgfdf xfd|f] ?lr a9fpg] sfd g} of] xfxfsf/L lbj;n] u/]sf] 5 .
u'8\g], p8\g], rNg], uNg], aNg] ;a} d];f] ldnfP/ vfO{lbg' xfxfsf/L JolQmsf] laz]iftf xf] . xfd\ z/0fd\ eGg] xfxfsf/Lsf] d'n dGq ag]sf] xf] . xfxfsf/ dRrfP/ vfg'nfO{ lolgx? cfˆgf] nf]stGq 7fG5g\, ef]s tGq 7fG5g\ t;y{ lolgx? vfO{/xG5g\ . xfxfsf/L eg]sf cul:t h:t} x'g\, h:n] rfdndf ldl;Psf cIftf klg vfg afFsL /fv]g To:t} xfxfsf/Ln] cnsqf vfP/ b]znfO{ cnkq agfpg klg afFsL /fVb}gg\ .
s;}n] d];f] ldnfP/ af]g; vfG5 eg] lg d To;nfO{ xfxfsf/L lbj; dgfPsf] dfG5' . of] ;+:s[lt laleGg clkm;df 5Fb}5 . cfon lgudn] hgtfdf xfxfsf/ dRrfP/ t]nsf] d"No a9fpF5 clg af]g; rfFxL cfˆg} sd{rf/Lsf] vftfdf r9fpF5 . x]g'{;\ t t]nsf] xfxfsf/ / df/fdf/ dRrfP/ sf]sf]xf]nf] dRrfP/ klg cGTodf t]n g} vfO{lbg]x? xfxfsf/L x}gg xf]nf / < cem l8kf] af6 k]6«f]n kDk;Dd k'Ubf ;/sf/ cfkm}+n] sld;g vfg lbP/ laleGg xfxfsf/LnfO{ lbj; dgfpg 5'6 lbPsf] kfO{G5 . o;/L x]bf{ 6«ssf 8«fO{e/ b]lv b]zsf 8«fO{e/ ;Ddsf dflg; xfxfsf/L ePsf] k'li6 ug{ dHhfn] ;lsG5 .
Pp6f 3/df kGrfd[t afFl8b} /x]5 t/ clns u'lnof] ePsfn] ;a}n] ?rfP5g\ t/ kGrfd[t g} ufoa eP5 , kl5 yfxf nfUof] kGrfd[t afF8\g]n] g} ;a} @ dfgf kGrfd[t a'TofP5 . x]g'{;\ t, k/\of] eg] eujfgnfO{ klg afFsL /fVb}gg\ xfxfsf/Lx?n] . of}6f hGtdf hlGt hfFbf ufpFsf Ps hgf a'9fsf] ;+ut ug]{ ca;/ ldNof] . hGtdf dHhfsf] 3f]n]{ vl; sfl6of] . kl5 a'9fn] olt w]/} df;' vfP ls eftsf] ;6\6f ps';d's'; x'g] u/]/ vfPsf lyP pGn] . kl5 hGt af6 kms{bf t a'9f af k|To]s kfO{nfdf Ps rf]S6f df;' aF8\s'NofpFy] . To;}n] vfg kfP eg]/ k]6 k'mnfP/ vfg]nfO{ klg xfxfsf/L eGg ;lsG5 ls x}g <
oxfF xfxfsf/ dRrfpg] sf] 5}g / < cfkm}+ lx8\g] k'ndf 58 vfP/ sd;n /8 /fVg nufpg]x? s] xfxfsf/L x}gg / < cfkm} lx8\g] af6f]sf] 7]Ssfdf 7]s]bf/ af6 k};f vfP/ af6f] laufg]{x? xfxfsf/L x}gg / < oxfF s'g k;nn] lagf kmfO{bf Jofkf/ u/]sf 5g\ / < To;}n] of] eGg ;lsG5 ls ;a} k;nx?, pBf]u sf/vfgf h:n] kmfO{bf n'6]/ vfG5g\ lt ;a} xfxfsf/L x'g\ .
Ps lbg Ps hgf dxf]bo ;Fu e]6 eof] . plg df;' gvfg] /x]5g\ . dw'd]xn] u|l;t klg /x]5g\ . To;}n] plg eGb} lyP — x]g'{; ,d ;fbf lhjg pRr larf/ /fVg] dfG5] x'F . lt dflg; of}6f sfo{qmddf efu lnO{/x]sf] a]nf lrof la:s'6 / b'w afFl9of] . cGTodf a'9fn] b'w lkP clg la:s'6 vfg gldNg] eP klg :jf6\6 vlNtdf 3';f/] . jfx , o;/L lrof gvfg] dflg; b'w vfG5 clg cfkm"n] gvfg] la:s'6 3/ nfG5 eg] xfxfsf/L geP/ pRr larf/L xf] t <
cfhsn t o;f] nfU5, xfldn] vfg] kfgLsf k|To]s 3'6\sfdf xfxfsf/Lsf] ar{Zj 5, xfdLn] vfg] k|To]s uf; / :jf;df xfxfsf/Lsf] af]nfjfnf 5 . ;f]R5' , ;]jf nfUg] dflg; eGbf xfxfsf/ dRrfpg]x? w]/} 5g\ . Jolerf/sf] xfxfsf/Lx?sf] klg b'O{ltxfO{ ax'dt eP em}+ nfU5, s] tkfO{n] o:tf xfxfsf/Lsf] ;fdgf ug'{ ePsf] 5}g < xfxfsf/Laf6 aRg] sfdgf tkfO{nfO{ 5 x} . hbf} .

Monday, August 8, 2016

देश हराएको सुचना

भाई फुटे गवाँर लुटे भन्या झैं इतिहासको यौटा देश हराएको हुँदा सर्वसाधरणमा यो सुचना प्रकाशनार्थ जारी गरुँ कि भनेर काईलाबाउले यौटा छापामा धाएका रहेछन् । काइलाबाउको सुचना परम्परागत सुचना भन्दा फरक रहेर यसरी बनेको थियो ः 
दौरा सुर्वालको देशमा हिमालै हिमालको देशमा देशको लालपुर्जामा रेखांकन गर्नको लागि कस्सिएका दलेहरुले मुसाले बिराालो खेलाए झैं खेलाउँदै गर्दा फुत्रुक्क मुसो भागे झैं कालापानी र सुस्तामा सुस्ताउँदै गर्दा इतिहासमा सार्वभौम भएको देश दक्षिण र उत्तरका छिमेकिको चेपुवामा परेर देश हराएको हुँदा देशलाई मुटु भित्र  पाउनुहुने महानुभावले तत्काल नजिकको राष्ट्रवादी व्यक्तिलाई सम्पर्क गर्नहुन अनुरोध गरिन्छ । 
कुर्सी खेलमा दलेहरु रमाईरहेको बेला दक्षिणी किरणले बिकिरण मच्चाई वातावरण धुमिल भएको बेला शान्त त्यो देश अशान्त बन्दै आपसी मिलापलाई बिलाप गराएर सर्बसाधरणको एकादेशको कथामा रहेको  देश बनेको हँुदा देश हराएको सम्पुर्णलाई सुचित गरिन्छ । यसरी देश हराउँदा पनि दलेहरुले देशको वास्ता नगर्दै चुपचाप द्घन्द्घको परिकल्पनामा बसेकोले ति महानुभावले नै देश हराउनमा भूमिका खेलेको कारणले ति दलेका ठुल्टाउके नेताहरुलाई पनि हराएको देश सँगै फेला पार्नुहुन सुचित गरिन्छ ।
भिमसेन थापा, बलभद्र कुँबर, भक्ति थापाको शक्तिले अडेको स्वाभिमानलाई देशको रेखांकनको बेला भंगियताले गाँजेर अमिट देश हुनु पर्नेमा नामेट देश उन्मुख हुँदै गएको थियो । अझ कराई कराई बिहारमा हाम्रालागि शिबिर बनिसके भनेर कुर्लनेले अझ यो देशलाई जानाजाना बिलोप गराउन भूमिका खेलेको पाईएको हुँदा त्यो देशका नागरिकलाई अनागरिक बनाई बिहारको शिबिर उन्मुख गराउन लालयित गर्ने त्यो देशका महान् अमिनलाई जमिन हराउने मुख्य योजनाकार भएको हुँदा फेला पार्नुहुने महानुभावले ति व्यक्तिलाई तत्काल देशको बारेमा बुझ्न सुचित गरिन्छ । 
देश सँगै धर्म  हराएर कर्म पनि हराएको पाईएको हुँदा तपाईका नजिकका धार्मिक स्थलमा गएर देशको धर्म खोज्न पनि सविनय अनुरोध छ । गंगाको जलले सिंचित भएको स्थललाई जातिय आतंक फैलाएर रगतको होलीमा परिणत गरेर बन्दका बुलन्द काम गरी जनतालाई माम खान नदिई हराम बनेर लाखौंमा जनताको मृत्युको मुल्य किन्न खोज्ने शासक, प्रशासकले त्यो हराएको देशलाई सो हविगतमा पारेकोले तत्काल ति व्यक्तिलाई अन्य देशले पनि राष्ट्रियता नभएका तत्वको रुपमा खोजी गरेर रेड कर्नर नोटिस जारी गरि प्रकाउ गर्न सकेमा राष्ट्रभक्त व्यक्तिको मुटुमा साहस आउने भएको हुँदा हराएको देश खोज्नको लागि, पुर्ननिर्माणमा जुट्नको लागि यो सुचना सर्बसाधरणमा सुचित गरिन्छ । सुचना बारे केही गुनासो भए त्यो देशको सिंह दरबारको सुचना पाटीमा हेर्नुहुन र गुनासो पेटीमा गुनासो खसालेर देश खोज्नुहुन देशभक्त व्यक्तिलाई अनुरोध गरिन्छ । 
इतिहासको त्यो एकादेश छिमेकीको साँधको टोकसोले दुब्लाउँदै गएको थियो रे , त्यसैले त्यो हराएको देश चेप्टिएर आयाताकार बन्न पुगेको थियो । टिस्टा र काँगडामा जम्जमाएको त्यो हराएको देश दक्षिणका ठूल्दाजुले भनेको मान्दा मान्दा पराधिनताको शिकार हुँदै आएको थियो । 
पशुपतिनाथलाई धाम मान्दा मान्दै परमधाम गएको त्यो देशमा अन्त्यमा पशुपतिनाथ नै अनाथ भएको थियो भने मोदीका रोदीले पनि सहजै ठाउँ पाउने त्यो हराएको देशमा अलिकति बिहारी आवाज बढी सुनिन्थ्यो अनि त्यही देशका एकाथरी बिहारी साँध भएका मानिसलाई उचालेर ठुले दुई छिमेकी मध्ये यौटा बिहारी छिमेकीले त्यो देशमा खण्डको बितण्डता मनाउँदै थियो । बिमानस्थल देखि गाउँका बिश्राम स्थल सम्म हप्काउने र चप्काउने दाउमा सैन्यबलको आडमा ने मुनिको ध्वनीलाई मुनी पारेर सगरमाथालाई कसैले झारेपछि त्यो देश हराउन पुगेको थियो ।
थरुलाई हट भनेर थरुहट भएको थियो रे । माथिल्ला गाउँकालाई पुछार गाउँका मानिसले देख्नै नसक्ने गरी पानी बाराबार गरेपछि आवत जावत बन्द भएको थियो रे । माथिल्लो गाउँका सँग घुक्र्याएर राष्ट्रियता माथि तुक्र्याउनेले राष्ट्रको झण्डा पोल्दै, बिहारी भाषा बोल्दै निशाना मेटाउने काम गरेको भन्ने सुनिन्थ्यो नभन्दै बिस्तारै त्यो देशलाई अंशबण्डा गरेर तमुवान्, लिम्बुवान्, खम्बुवान् जस्ता बाँडफाड्का बान् लगाएपछि देश बेहालमा परेको थियो रे । 
खेद्ने र मौका परे भेटे पछि रेट्ने प्रबृत्तिले त्यो देश भित्रै दलिय पाण्डबले ताण्डब नृत्य गरेपछि भस्मासुरको बाटोमा हिडिरहेको थियो । चुट्कीको भरमा पुतली झैं नाच भने नाच्ने, बस भने बस्ने जस्ता निर्देशनमा देश बिस्तारै लोप हुँदै गएको थियो । त्यसको अस्तित्व हराउँदै गएको थियो । 
बर्षौ सम्म स्वाधिन छु भनेर त्यो देशका मानिसले कपाल काट्न छिमेकी देशकालाई बोलाए, मिठाई पकाउन पनि दक्षिणी देशकालाई गुहारे, कवाडी उठाउन, सिरक डसना बनाउन देखि चप्पल सिलाउन र आन्तरिक मामला मिलाउन सम्मका साना ठूला काममा अर्कै देशका मानिसको बोलाबाला रह्यो तर तिनै कपाल काट्ने देशका मानिसले त्यो हराएको देशका मानिसको टाउको काट्न उक्साए । स्वदेशी नपुगेको ठाउँमा पुगेर बिदेशीले चनाचटपट बेच्ने काम सम्म गरे पछि देश हराउने नै भयो। यसरी हराएको देश तपाईले आफ्नो मन मस्तिस्क र चिन्तनमा पाउनु भएको हुन सक्छ , यदि त्यो देशलाई पाउनु भएमा दक्षिणका मित्रलाई नभनि नजिकका देशभक्तलाई खबर गरिदिनुहुन बिनम्र अनुरोध छ । पाउनुहुने महानुभावलाई सगरमाथा उपहार दिइनेछ । जदौ ।