बेला बेलामा बिभिन्न थरिका मास्टरको चेला बनेर फेला परेको छु म आफैं । बिद्यार्थीले स्कुलमा नयाँ आउने मास्टरलाई नयाँ नाम राख्ने चलन हामी बिद्यार्थीमा थियो नै त्यसैले एक बर्ष अर्को स्कुलबाट सरुवा भएर गाउँको स्कुलमा पढाउन आएका यौटा मास्टरलाई हामी लुते मास्टर भन्थ्यौं । हुन त उनी हात्ती झैं ठूलो ज्यानका थिए । भुईँमा डबल पैसा खस्दा दुई मिनेट लगाएर मेसो मिलाउँदै उनी बसेर पैसा टिप्थे । अझ एक दिन त स्वास्थ्य बिषयको पढाई पढाउँदा धुम्रपान, मध्यपान बिरुद्दको पाठ उन्ले नै पढाएको बेला चुरोटको धुँवाबाट कसरी बच्ने भनेर रुमालको प्रयोग गराउन सिकाउँदा गोजीबाट रुमाल झिक्दै गर्दा फुत्त सुर्ति खसेपछि छिटो छिटो आफ्नो वर्वादी हुन बाट जोगिन उन्ले टुसुक्क भुईमा बस्न छिटोमा १ मिनेट लगाएर भुईमा बस्दा फ्याट्ट पाईन्ट च्यातिएर ति मास्टरको लगौंटी नै देखिएको थियो तर पनि हामी उन्को भिमकाय शरिर हुँदा हुँदै पनि लुते मास्टर भन्थ्यौं तपाई यो कुरा थाहा नहुन सक्छ ।
ती मास्टरको पढाउने शैली नै अलिक फरक खालको थियो । गजधम्म परेका उनी कक्षाकोठामा आएपछि गजक्क परेर कुर्सीमा बस्थे । चिप्रा लागेका आँखा किताबका पानमा पल्टाउँदै हामीलाई भन्थे — ए केटा केटी हो, पाठ कहाँ पुग्या’छ , लो भन त ...। हामीले उन्लाई पाठ कहाँ पुगेको छ भन्ने सम्झाईदिएपछि उनी खुरुखुरु हाई काडी काडी पढाउँथे । एकदिन त उनी पढाउँदा पढाउँदै निदाएका थिए तर त्यसैबेला हेडमास्टर ढोकामा आएर उभिदिँदा ती लुते मास्टर झस्केर उठ्दा भित्तोमा ठोकिन पुगेकोले टाउकोमा बडेमानको टुटिलो पुटुक्क बनेको थियो ।
अरु मास्टरले त स्कुलको ड्रेस लगाउँथे । चटक्क परेर कोट पाईन्टमा स्कुल आउँथे तर उन्को लुगा यौटै हुन्थ्यो । दिनहुँ यौटै कपडामा आउने उन्का कपडाको बखान गरि खानु थिएन । रामेले भन्थ्यो — हेर्न यार यि बुढाको सर्ट त हाम्रो घरको भैंसिको आचि गर्ने ठाउँ जस्तै गरी चाउरिएको छ । पाइन्ट पनि त्यस्तै छ ।
ती मास्टरलाई लुते मास्टर भन्नुको कहानी भने अर्कै छ, एक दिन उनी सदाझैं कक्षाकोठामा आएर अगाडीको कोठामा गजक्क परेर बसेपछि उन्ले कहाँ पुगेको छ पाठ भनेर सोधि हाले । एक जना बिद्यार्थीले भन्यो — सर पेज नं २९ मा । उन्ले सबैलाई सोही पेज पल्टाउन भने । त्यहाँ शिर्षकमा लेखिएको थियो — लु । उन्ले जब यो देखे हामी सबैलाई यो लु हैन छपाईमा गल्ती भएको हो सबै बिद्यार्थीलाई लुतो हो, लुतो भएको भनेर सच्याउन लगाए । हामीले सच्याई सकेपछि उन्ले किताब बन्द गरेर लुतो रोगका कारण, असर, यसबाट जोगिन के गर्ने आदि इत्यादीको बेली बिस्तार लगाए । एक जना बिद्यार्थीलाई अझ लुतोको बारेमा के के बुझ्यौ भनेर उन्ले सोधे । उन्ले अर्को पिरियडको घण्टी लागेपछि किताबै नहेरी सोही पाठको प्रश्न नं १ र २ गरेर ल्याउनु भनेर गृहकार्य दिए । जब हामी घर पुग्यौं , दिउँसोको पढाई र गृहकार्यको कुनै सम्बन्ध भेटेनौं अनि पाठ पढ्दै जाँदा थाहा लाग्यो त्यो पाठको शिर्षक ‘लु’ नै रहेछ । तराईमा गर्मीमा हुने यौटा समस्याको बारेमा त्यो पाठ रहेछ । बिना तयारी ति मास्टरले हामीलाई लुतोको बारेमा पठाएपछि उन्लाई हामीले लुते मास्टरको संज्ञा दियौं । आजभोली उन्ले मेरै छोरालाई पढाउँछन् अनि शसंकित हुन्छु अनि सोच्छु — कतै यिन्ले लुतो जसरी नै पढाएका त छैनन् यि लुते मास्टरले । जदौ ।

No comments:
Post a Comment