Tuesday, December 5, 2017

लघुकथाः मौन अबधि

विश्व बिनोद
चुनाबको बेला तल्ला गाउँ र उपल्लो गाउँमा निकै झगडा पर्यो । सन्तेले बित्थामा कुटाई खायो । उस्को करङ तीन ठाउँ भाँच्चियो । सुम्सुम्याउन आउनेहरु पार्टीको झण्डा हल्लाउँदै आए । बिस्तारै चुनावको दिन नजिकियो । निर्वाचन आयोगले फुक्यो मौन अबधि भनेर ।
ओछ्यान परेको सन्तेले स्वयम्भूका आँखा नियाल्दै ओछ्यानमा कोल्टे फेर्ने बेला ऐया भन्दै कराउँदै गर्दा उस्की श्रीमति कराईन् — नकराउनुस् न हजुर अहिले मौन अबधि हो , हजुरले ऐया भन्नु भो भने पनि राजनीतिक भाषा हुन्छ ।


No comments:

Post a Comment